एमाले महाधिवेशनस्थलको सुरक्षामा कडाइ

एमाले महाधिवेशनस्थलको सुरक्षामा कडाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाधवेशनस्थलसँगै सहभागी नेता, कार्यकर्ता, समर्थकको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली बिहानैबाट परिचालन भएको छ ।

प्रहरीलेशनिबार बिहानैदेखि विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुर र बम डिकेक्टर उपकरणसहित सक्रिय भएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको महाधिवेशन उद्घाटनस्थलमा कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको छ ।

सल्लाघारीको सार्वजनिक जग्गामा हुन लागेको महाधिवेशन मध्याह्न १२ बजेदेखि शुरु हुँदैछ ।