काठमाण्डु– नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो ।
हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो ।
बन्दसत्र बिहानबाट नै सुरु हुने भनिए पनि त्यसभन्दा अघि बसेको केन्द्रीय कमिटीको बैठकका कारण समय सारिएको हो ।
बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
बन्द सत्रमा उपस्थित महिला, युवा, दलित र मधेशका प्रतिनिधिलाई उठ्न लगाएर ओलीले ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले’ नारा लगाएका छन् ।




प्रतिक्रिया