काठमाण्डु – नेकपा एमालेको ११औं महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटीको क्षेत्र संरचना तय गरेको छ ।
महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी क्षेत्र विभाजन गरिएको छ ।
केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्, जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । हरेक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुला, ३ जना महिला र १ जना युवा निर्वाचित हुनेछन् ।
खुलातर्फ १२५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । खुलामा ७१ जना खुला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन् ।
यस्तो छ समावेशी संरचना –
आदिवासी–जनजातिबाट २५ जना (खुला १५, महिला ८, युवा २)
मधेशीबाट १९ जना (खुला ११, महिला ६, युवा २)
दलितबाट १२ जना (खुला ७, महिला ४, युवा १)
थारु समुदायबाट ८ जना (खुला ५, महिला ३)
मुस्लिम समुदायबाट ५ जना (खुला ४, महिला १)
प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना
श्रमिकबाट ३ जना (खुला २, महिला १)
अपाङ्गता भएका व्यक्तिबाट १ जना
पिछडिएको क्षेत्रबाट २ जना (खुला १, महिला १)
सम्पर्क समन्वय कमिटीबाट २ जना (खुला १, महिला १)




प्रतिक्रिया