काठमाण्डु – नेकपा एमालेको महाधिवेशनअन्तर्गत बुधबार बिहानदेखि सुरु भएको मतदान कार्य रातभर चल्ने भएको छ ।
बुधबार साँझ ५ बजेसम्म ८०२ जनाले मात्रै मतदान गरिसकेका छन् । एमालेमा २ हजार २६२ प्रतिनिधि रहेका छन् ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले मतदान रातभरि चल्ने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरू भोटिङ मेसिनसँग अभ्यस्त नभएकाले बढी समय लाग्यो,’ उनले पत्रकार सम्मेलन गर्दै भने, ‘नाम सूची हेरेर भोट खसाल्नुपर्ने भएकाले पनि बढी समय लाग्यो ।’
मतदान गर्दा १ जना व्यक्तिलाई बढीमा २ घन्टासम्म लागेको उनले बताए ।




प्रतिक्रिया