अन्तत: एमाले चुनावउन्मुख, पुस २० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

अन्तत: एमाले चुनावउन्मुख, पुस २० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन


काठमाण्डु – प्रतिनिधिसभा पुन:स्थापनालाई जोड दिँदै आएको नेकपा एमाले अन्तत: चुनावउन्मुख भएको छ ।

आईतबार बसेको एमाले सचिवालय बैठकले समानुपातिक तर्फबाट उम्मेदवार टुंग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिँदै प्रत्यक्ष तर्फका उम्मेदवार सिफारिस गर्न निर्वाचन क्षेत्र समन्वय कमिटीहरूलाई निर्देशन दिएको छ ।

एमालेले पुस २० गतेभित्र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

शनिबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलपछि एमाले चुनावको तयारीमा जुटेको छ ।