देशैभर १६५ क्षेत्रमा कांग्रेससँग मिलेर चुनाव लड्न खोज्दै एमाले, ओलीकै सामुन्ने खुलासा

देशैभर १६५ क्षेत्रमा कांग्रेससँग मिलेर चुनाव लड्न खोज्दै एमाले, ओलीकै सामुन्ने खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लामो समय प्रतिनिधिसभा पुन:स्थापनाको वकालत गरेको नेकपा एमाले अब नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावमा होमिने रणनीतिमा लागेको छ ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्ने रणनीतिबारे खुलासा गरेका छन् ।

मंगलबार मदन आश्रित स्मृति प्रतिष्ठानले गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी’ कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा एमाले र कांग्रेस मिलेर लड्नुपर्ने बताए । उनले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी कार्यक्रममै कांग्रेस–एमाले गठबन्धनको आवश्यकता औंल्याए ।

देशमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमाले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेस लड्दै आएको बताउँदै उनले भने, ‘अहिलेको विषम परिस्थितिमा पनि २ शक्तिहरूले रणनीति बनाउनुपर्छ । चुनाव भएको खण्डमा नयाँ संसद्मा पनि वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्तिले ‘डिप स्टेट’वादीलाई परास्त गर्नुपर्छ ।’

नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चस्व स्थापित गर्ने वा २ शक्तिको वर्चस्व रहेको पुरानै संसद् पुन:स्थापना गरेर फेरि लोकतन्त्रलाई स्थापित गर्न सकिने उनले बताए ।

लोकतन्त्र पुन:स्थापनाका लागि १६५ वटै निर्वाचन क्षेत्रमा मोर्चा बनाउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘आउँदो चुनावमा आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं ।’

अदालत र सडकबाट पुरानो संसद् पुन:स्थापनाका लागि फागुन २१ गतेसम्मको समय रहेको पनि उनले बताएका छन् ।