उम्मेदवारबारे निर्णय गर्न एमाले सचिवालय बैठक सुरु

उम्मेदवारबारे निर्णय गर्न एमाले सचिवालय बैठक सुरु


काठमाण्डु – नेकपा एमाले सचिवालय बैठक सुरु भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकले प्रत्यक्ष तर्फका उम्मेदवारबारे निर्णय लिनेछ । यसअघि एमालेले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको छ । प्रत्यक्ष तर्फको चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुनेछ ।