कपिलवस्तु – नेपाली कांग्रेसका प्रभावशाली नेता वीरेन्द्रकुमार कनौडिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कपिलवस्तुको ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि एकल नाम सिफारिस भएका उनी शनिबार एमाले प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसभित्र विवाद चलिरहेका बेला उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका छन् । उनी कांग्रेसभित्रको विवाद र एमालेबाट कपिलवस्तु–३ मा उम्मेदवार बन्ने सुनिश्चित भएपछि पार्टी प्रवेश गरेका बताइएको छ ।
यसअघि उनी लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलको नेता समेत रहेका थिए । संस्थापन पक्षको असहमतिबिच कांग्रेसको विशेष महाधिवेशन भएर सभापति गगनकुमार थापा पक्षलाई निर्वाचन आयोगले मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्ष अन्योलमा परेको छ ।




प्रतिक्रिया