काठमाण्डु – नेकपा एमाले र नेपाल परिवार दलबिच चुनावी सहकार्यमा सहमति भएको छ ।
आईतबार साँझ २ दलबिच आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
सहमतिअनुसार नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेश सभामा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सहमति पत्रमा संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसद्भित्र एमालेको संसदीय दलमा आबद्ध रहनेछ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ । सहमतिमा नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न दुवै दल एकमत रहेको उल्लेख छ ।
सहमति पत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् ।
दुवै दलबिच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापा लगायत उपस्थित थिए ।





प्रतिक्रिया