काठमाण्डु – नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो ।
बैठकले जनजाति ४ जनातर्फ महिलामा भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषमा रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई समानुपातिक सांसदमा सिफारिस गरेको छ ।
खसआर्य ५ जनातर्फ महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र) तथा पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कंडेल, थारु १ जनातर्फ कृपाराम राणा (पुरुष), दलित २ जनातर्फ महिलामा विष्णुमाया विक, र निता घटानी, मधेशी ३ जनातर्फ महिलामा रिङ्ला यादव र यशोदा कुमारी यादव तथा पुरुषमा चन्द्रेश्वर मण्डल सिफारिस भएका छन् ।
मुस्लिम १ जनातर्फ महिलामा साजिदा सिद्दीकीलाई छनोट गरिएको छ । सचिवालय बैठकको सिफारिसलाई एमालेले निर्वाचन आयोगमा पठाउनेछ ।




प्रतिक्रिया