एमाले महाधिवेसन : देउवाले सम्बोधन गर्ने, माधव नेपाललाई निम्तो नै पुगेन

एमाले महाधिवेसन : देउवाले सम्बोधन गर्ने, माधव नेपाललाई निम्तो नै पुगेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकालेको १० औँ महाधिवेशनको उद्धाटन भोली हुँदैछ । चितवनको नारायणी नदी किनारमा हुने उद्धाटन सत्रमा ५ लाख जनसहभागिता गराउने एमालेको लक्ष्य छ । एमालेको उद्धाटन सत्रमा नेपालका अन्य राजनितिक दल तथा विदेशी पाउनाहरुलाई समेत बोलाइएको छ । एमालेको निम्तो स्विकार गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन जाने भएका छन् ।

देउवाले चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । यता संगै सहकार्य गरेर छुटिएको माओवादी केन्द्रलाई पनि एमालेले निम्तो पठाएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् । महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ ।

दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् । ‘अध्यक्ष प्रचण्ड महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने नजाने टुंगो भइसकेको छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

त्यस्तै, सत्तागठवन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् । नेकपा एकीकृत समाजवादीलाई एमालेले पार्टी मान्न अस्विकार गर्दै आएको छ । आफुले कारवाही गरेका सांसदहरुलाई बोलाउन नसक्ने एमाले अध्यक्ष ओलीले बताइसकेका छन् ।