पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भएको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो । यसअघि एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

एमाले उपमहासचिव लेखराज भट्टले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई दिइने पदीय जिम्मेवारीबारे पार्टीले निर्णय गर्ने बताए । सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँको सदस्यता खुलेपछि नेतृत्व भन्ने कुरा त भोलिको प्रश्न हो, उहाँ कहाँ बस्ने, कता गर्ने पार्टीले चाहिँ भोलि निर्णय गर्ला ।’

भण्डारीको नेतृत्वमा वामपन्थी एकताको आवाज उठ्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए । ‘नेतृत्वको आवाज आइरहेको छ, त्यो आवश्यकताले दिने कुरो हो । पार्टीले आफ्नो निर्णय के सुनाउँछ, के दिन्छ एउटा पार्टीको सदस्यको हैसियतले सबैले त्यसलाई मानेर जान्छ । भोलि उहाँको सन्दर्भमा पनि त्यहीँ लागू हुन्छ,’ उनले भने ।