एमाले महोत्तरीको विवाद टुङ्गिँयो, महाधिवेशनपछि छलफल गर्ने सहमति


महोत्तरी – नेकपा एमाले महोत्तरीले माहाअधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद टुङ्गिएको छ । महाधिवेशनमा सहभागी हुन यसअघि पठाएको नाम सदर गर्दै विवाद सकिएको हो । महाधिवेशनपछि गहन समीक्षा गर्नेगरि सोही नामको सुचीलाई सदर गर्ने निर्णय भएको इन्चार्ज रामदयाल मण्डलले जानकारी दिए ।

उनले भने, ‘धेरै साथीहरूले असन्तुष्टि जनाएका छन् यो बिषयमा पछि छलफल हुनेछ । अहिले माहाअधिवेशन प्रतिनिधि चयन गर्नै पर्ने बाध्यताले हामीले ठिकै छ भनेका हौँ ।’ महोत्तरीका चार निर्वाचन क्षेत्रबाट जम्मा ३० जना प्रतिनिधि चयन भएका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर १ बाट सात जना, क्षेत्र नम्बर २ बाट सात जना, क्षेत्र नम्बर ३ बाट ६ जना र क्षेत्र नम्बर चारबट १० जना प्रतिनिधि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement