काठमाण्डु – नेकपा एमालेले कोशी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री सिर्जना राईलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
शनिबार बसेको एमाले स्थायी कमिटीको बैठकले भोजपुरकी राईसहित १३ जना नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको हो ।
मनोनीत राई संसदीय भूमिकाका साथै सांगठनिक जिम्मेवारीमा समेत लामो समयदेखि सक्रिय रहँदै आएकी छन् । उनी हाल अखिल नेपाल महिला संघ (अनेमसंघ) कोशी प्रदेशको अध्यक्षसमेत हुन् ।
बैठकले राईसहित पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्बुहाङ, नवीन रोका, मीनप्रसाद गुरुङ, डबल पाण्डे र तेजेन्द्र केसीलाई पनि केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।



प्रतिक्रिया