एमाले महाधिवेशन : मतगणना सुरु, २ घण्टामा परिणाम

एमाले महाधिवेशन : मतगणना सुरु, २ घण्टामा परिणाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – सौराहमा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेबाट मतगणना सुरु भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना सुरु गरिएको जानकारी दिए । दाहालले दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । निर्वाचन समितिका पदाधिकारीले केही बेर आराम गरेर मतगणना सुरु गरेको दाहालको भनाइ छ । एमाले महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो ।

महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका उनले बताए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको दाहालले बताइ । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।