स्थायी कमिटीलाई पूर्णता दिँदै एमाले, आकांक्षी धेरै

स्थायी कमिटीलाई पूर्णता दिँदै एमाले, आकांक्षी धेरै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले पार्टी संरचनालाई बलियो बनाउने भएको छ । सबै विभाग लाई छिट्टै पूर्णता दिने जनाइएको छ । स्थायी कमिटीलाई पनि पूर्णता दिने एमाले नेताहरुले बताएका छन् । आगामी मंसिर २५ र २६ गते बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीलाई पूर्णता दिने तयारी गरेको नेताहरुले बताएका छन् ।

स्थायी कमिटीमा नेताहरुको व्यवस्थापनमा पनि अध्यक्ष ओलीलाई सकस हुने देखिएको छ । आकांक्षीहरु धेरै भएपछि स्थायी कमीटीको व्यवस्थापन पनि चुनौती देखिएको छ । ४५ सदस्यीय स्थायी कमिटीमा १९ जना पदाधिकारी र २६ जना चयन गर्ने प्रावधान रहेको छ । पदाधिकारीहरु स्वत: स्थायी कमिटीमा रहनेछन् । बाँकी रहेको २६ जनाभित्र पर्न नेताहरु दौडधुपमा व्यस्त छन् ।

अध्यक्ष केपी शर्मा ओली निकट मानिएका महेश बस्नेतदेखि गोकुल बाँस्कोटासम्मका नेताहरु स्थायी कमिटीमा आउन चाहन्छन् ।

यस्तै घनश्याम भुसाल, भीम आचार्य, लालबाबु पण्डित, किरण गुरुङ, रघुजी पन्त, मणि थापा, खगराज अधिकारी, शेरधन राई, परशुमेघी गुरुङ, भानुभक्त ढकाल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, गोकुल घर्ती, गोरखबहादुर बोगटी, जगत विक, दलबहादुर राना, यमलाल कँडेललगायत नेता स्थायी कमिटीमा आकांक्षी हुन् ।

कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, देवराज घिमिरे, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, गोकुल बाँस्कोटा, अग्नि खरेल, ठाकुर गैरे, वैजनाथ चौधरी, खिमलाल भट्टराई, आनन्द पोखरेल, विन्दा पाण्डे, थममाया थापा, श्रीमाया थकाली र शिवमाया तुम्बाहाङ्फले पनि आकांक्षा राखेका छन् । घनश्याम भुसाल, भीम आचार्य लगाएतका नेताहरु महाधिवेसनमा पराजय भोगेपनि कमिटीमा आउन चाहेका छन् ।

यी हुन् स्वतः स्थायी कमिटी सदस्य हुने पदाधिकारी

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुविर महासेठ, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्याल स्वतः स्थायी कमिटी सदस्य हुनेछन् ।