वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्यो

वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो ।

मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश कमिटीको बैठकले १० वटै जिल्लामा २३ पुसमा गर्न निर्णय भए पनि हिमपातका कारण अधिवेशन स्थगित भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख डबलबहादुर रोकाया जानकारी दिए ।

उनका अनुसार २७ पुसमा हुने अधिवेशनमा सम्पूर्ण पार्टी प्रतिनिधि, शुभेच्छुक, नेता कार्यकर्तालगायतलाई जानकारी गराएको रोकायाको भनाइ छ ।