दुई विशेषसहित ६३ जिल्लामा एमालेकाे नयाँ नेतृत्व चयन (सूचीसहित)

दुई विशेषसहित ६३ जिल्लामा एमालेकाे नयाँ नेतृत्व चयन (सूचीसहित)


काठमाण्डु – नेकपा एमालेले दुई विशेष जिल्लासहित ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । एमालेले मंगलबार विज्ञप्ति जारी गरी दुई विशेषसहित ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको जानकारी दिएको हाे ।

बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने एमालेले निर्णय गरेको छ । एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा भने अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिड-१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ ।

विद्यार्थी विशेष र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको छ । एमालेका अनुसार जिल्ला कमिटीसरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन् ।