चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमालेद्धारा हस्ताक्षर संकलन

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमालेद्धारा हस्ताक्षर संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा जारी संसदीय दलको बैठकमा संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सकिने गरी हस्ताक्षर संकलन गरिएको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउन सकिने गरी हस्ताक्षर संकलन गरेका छौंँ ।’ सत्ता गठबन्धनले आइतबार प्रधानन्यायाधीशविरुद्ध महआभियोग प्रस्ताव दर्ता गराएको थियो ।