काठमाण्डु – नेकपा एमालेले माधव नेपाल समूहले फ्लोर क्रस गर्ने आँकल गरेको छ ।
आइतबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहले अन्य दलहरुसँग मिलेर फ्लोर क्रस गर्ने र अविश्वासको प्रस्ताव ल्याउने विश्लेषण गरेको हो ।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने र फ्लोर क्रस गर्न सक्ने भएकाले कारबाहीको प्रक्रिया अघि बढाउने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।
‘फ्लोर क्रस गरेर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयासहरु भइरहेको छ । कर्णालीमा जस्तै प्रयासहरु हुँदै गरेको जानकारी पाएका छौं । अन्य निर्णय उपर्युक्त समयमा गरिनेछ’, प्रवक्ता ज्ञवालीले भने ।




प्रतिक्रिया