अछाम एमालेद्वारा सदरमुकामको प्रदेशबाट प्रत्यक्षतर्फ बलबहादुर र समानुपातिकमा रत्नप्रसाद ढुंगानासहित तीन—तीन जनाको नाम सिफारिस

अछाम एमालेद्वारा सदरमुकामको प्रदेशबाट प्रत्यक्षतर्फ बलबहादुर र समानुपातिकमा रत्नप्रसाद ढुंगानासहित तीन—तीन जनाको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं—नेकपा एमालेले अछामले सबैभन्दा शक्तिशाली प्रदेश मानिएको क्षेत्र नं. २ को सदरमुकाम रहेको प्रदेशबाट प्रत्यक्षतर्फ पुराना नेता बलबहादुर सोडारीलाई र लामो समयदेखि वामपन्थी राजनीतिक गरिरहेका रत्नप्रसाद ढुंगानालाई समानुपातिकतर्फ सिफारिस गरेको छ ।

 

 

 

स्थापनाकालदेखि नै अछामको कम्युनिष्ट संगठन निर्माणमा सक्रिय दुई जना पुराना कम्युनिष्टको सिफारिसले त्यहाँका कार्यकर्तामा खुसियालीको छाएको छ । सोडारी एमाले अछाममा जिल्ला सचिवालय सदस्य हुन् भने ढुंगाना लामो समयदेखि एमाले भातृ संगठन नेपाल शिक्षक संगठन सक्रिय थिए । उनी यसअघि नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्ष समेत रहिसकेका छन् ।

 

 

यसैगरी, सोही प्रदेशमा प्रत्यक्षतर्फ सोडारीसँगै  धर्मराज शाही, निर्मलाकुमारी साउँदको नाम पनि सिफारिस भएको छ । यस्तै, समानुपातिकतर्फ उक्त प्रदेशबाट ढुंगानासँगै  भीम जनाला र देवकला चलाउनेलाई सिफारिस गरिएको छ ।

 

 

नेकपा एमाले अछामले यसअघि नै प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ मा सर्वसम्मत रुपमा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावल र क्षेत्र नं. २ मा शिवकुमार उपाध्याय, यज्ञ बोगटी र तारा कठायतको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ समानुपातिक, पिछडिएको क्षेत्र र अन्य तीन प्रदेशका प्रत्यक्ष र समानुपातिकतर्फका तीन—तीन जनाको नाम  सिफारिस गरेर प्रदेशमा पठाएको छ ।