नेकपा एमालेको प्रदेश अधिवेशन सर्‍यो

नेकपा एमालेको प्रदेश अधिवेशन सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको प्रदेश अधिवेशन सारिएको छ । कोरोना संक्रमण बढेसंगै यही माघ ८ गतेकालागि तोकिएको अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

कोरोना संक्रमण बढेको र सरकारले पनि २५जना भन्दा बढी भेला नहुन आग्रह गरेकाले अधिवेशन सारिएको रिजालले बताए । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला अधिवेशनहरु माघ २२ गतेसम्म सम्पन्न गर्न निर्देशन समेत दिइएको उनको भनाइ छ ।