एमालेको दशौं महाधिवेशन : सम्पूर्ण तयारी पूरा


चितवन – नेकपा एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ ।

जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको हो । मङ्सिर १० गते शुक्रबार उद्घाटन हुने महाधिवेशन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन् । जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले बताइन् ।

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जुनाउने गरी समन्वय भइरहेको रावलले बताइन ।

नेकपा एमालेको महाधिवेशनमा आउने दुई २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी तीन हजार ५०० जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं सङ्घीय सांसद कृष्णभक्त पोखरेलले बताए । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement