माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण

माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदमाथि कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले (समाजवादी) का अध्यक्षसमेत रहेका नेता नेपालसहित १४ जना सांसदहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउन एमालेका नेताहरूले सभामुख अग्नि प्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार बिहान नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलगायतको टोलीले तत्काल कारबाही गर्न सभामुखको ध्यानार्कषण गराएको हो ।

गत भदौ १ गते बसेको एमाले स्थायी कमिटीको बैठकले नेपालसहित १४ जना सांसदलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । साथै कारबाहीको उक्त निवेदन संसद सचिवालयमा दर्ता भएर सचिवालयले सभामुखलाई जानकारीसमेत गराइसकेको छ ।

यता एमालेले गरेको कारबाही प्रक्रिया अगाडि नबढाउन नेपाल समूहले संसद सचिवालयमा निवेदन दिएको छ ।