काठमाण्डु – नेकपा एमाले सांसदहरु माधव नेपाल समूहका १४ जना सांसदलाई कारबाही गर्न माग गर्दै सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् ।
पार्टीले कारबाही गर्न सिफारिस गरेका नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गर्दै सांसदहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका हुन् ।
गोकुल बाँस्कोटा, शान्ता चौधरी, लालबाबु पण्डित, खगराज अधिकारी, गोकुल बाँस्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम, सूर्यपाठकसहितका सांसदहरु १४ जना सांसदलाई कारबाहीका लागि दबाब दिन सभामुखकको कार्यकक्षमा पुगेका हुन् ।
सांसद शान्ता चौधरीले आफूहरु सभामुखको कार्यक्षमा बसिरहेको जानकारी दिइन् । उनले सभामुखसँग भेट गरेर मात्रै जाने भन्दै सभामुखलाई खबर पठाइएको बताइन् ।
बिहीबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईको टोलीले १४ जना सांसदहरुलाई कारबाही गर्न माग गर्दै सभामुखलाई दबाब दिएका थिए ।




प्रतिक्रिया