काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका मन्त्रीहरुलाई उचित जिम्मेवारी दिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु शाह लगायतका मन्त्रीलाई एमालेमा उचित जिम्मेवारी दिने तयारी गरेका हुन् ।
पार्टी अध्यक्ष अोली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले माओवादीका मन्त्रीहरुसँग छलफल गरिरहेका छन् । छलफलका क्रममा माओवादीका मन्त्रीहरुले पार्टीभित्र सम्मानजनक व्यवस्थापन हुनुपर्ने माग राखेका छन् ।
उनीहरुको मागबारे प्रधानमन्त्री ओलीले आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले रिक्त रहेको उपाध्यक्ष पद बादललाई दिने तयारी गरेका छन् ।
विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि उपाध्यक्षकाे एक पद खाली रहेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले अन्य मन्त्रीहरुलाई स्थायी कमिटी सदस्य बनाउने आश्वासन दिएका छन् ।
स्रोतकाअनुसार संकटका बेलामा साथ दिएका मन्त्रीलाई उचित व्यवस्थापन गरिनेछ । बादलले माओवादी केन्द्रबाट अन्य नेताहरु पनि एमालेमा आउन चाहेको प्रधानमन्त्री समक्ष बताएका छन् ।
‘हिजो संसद विघटन हुँदा साथमै रहनुभएका साथीहरुका मागलाई प्रधानमन्त्रीज्यूले उचित सम्बोधन गर्ने बताउनुभएको छ । बादलजीलाई वामदेव गौतमपछिको वरियतामा राखिनेछ’, प्रधानमन्त्रीनिकट एक नेताले काठमाण्डुपाटीसँग भने, ‘माओवादीबाट आउने साथीहरुलाई २० प्रतिशत हिस्सा दिने तयारी छ ।’
गत पुस ५ गते प्रधानमन्त्री अोलीले प्रतिनिधिसभा विघटन गरेपछि माधव नेपाल पक्षका मन्त्री सरकारबाट बाहिरिएका थिए । तर, माओवादीबाट मन्त्री बनेका कसैले पनि राजीनामा दिएनन् ।




प्रतिक्रिया