एमाले बागमती प्रदेश अधिवेशन :कुन पदमा कसको उम्मेदवारी? (नामावलीसहित)

एमाले बागमती प्रदेश अधिवेशन :कुन पदमा कसको उम्मेदवारी? (नामावलीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आज बागमती प्रदेशको नेतृत्व टुंगो लगाउँदै छ। बिहीबार अबेरसम्म सर्वसम्मतीको प्रयास भएपनि सहमति जुट्न नसकेपछि एमालेले अन्ततः बागमतीमा पनि निर्वाचनबाटै नेतृत्व टुंगो लगाउने भएको हो।

उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।

उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन् ।सचिवमा नवराज सिलवाल र हस्त बहादुर पण्डितले उमेदवारी दिएका छन् ।

दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्ग बहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन् ।

आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि मतदान सुरु हुने समय धकेलिएकाे छ ।