एमाले बैठक : उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन, उम्मेदवारहरूको नाम अनुमोदन

एमाले बैठक : उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन, उम्मेदवारहरूको नाम अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन नेकपा एमालेले सिंगो पार्टीलाई निर्देशन दिएको छ ।

पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरेको हो ।

आज बसेको सचिवालय बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

एक दुई ठाउँबाहेक तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरूको नाम शनिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको हो।

 कुन पालिकामा को उम्मेदवार ? 
कीर्तिपुर नगरपालिका मेयर– सुरेन्द्र मानन्धर
मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष– तुलसीराम विश्वास
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा लुङ्गेली शेर्पा
लुम्बिनीको रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष– केस कुमारी तुला
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख– सुनिता बोहोरा
बाजुराको स्वामी कात्र्तिक फापर गाउँपालिकाको उपाध्यक्ष– सुलोचना कुमारी भण्डारी बोहोरा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष– जाना शाही