एमालेको सचिवालय बैठक जारी, निर्वाचनमा तालमेलको निचोड निकाल्ने

एमालेको सचिवालय बैठक जारी, निर्वाचनमा तालमेलको निचोड निकाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेको सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल भइरहेको हो ।

नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच सिट बाँडफाँडका विषयमा केन्द्रित रहेर छलफल सुरु भएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

सोमबार कांग्रेस–एमाले बीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने मोटामोटी समझदारी जुटेको छ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि माघ ११ गते चुनाव हुँदै छ।

बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले दलहरू छलफलमा जुटेका छन् ।