बालुवाटार बैठकमा बामदेव सहभागी

बालुवाटार बैठकमा बामदेव सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

बिहान १० बजेबाट सुरु भएको बैठक प्रधानमन्त्री मन्त्री निवास बालुवाटारमा जारी छ ।  बैठकमा पुस ५ गते संसद विघटन भएदेखि कुनै समूहमा नखुलेका नेता बामददेव गौतम पनि सहभागी भएका छन् ।

आज बसेको बैठकमा नेता गौतम पनि सहभागी भएको राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक खिमलाल देवकोटाले जानकारी दिए ।

पार्टीभित्रको विवादलाई मिलाउने भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएका गौतम बालुवाटार पुग्नुलाई निकै चासोका साथ हेरिएको छ ।

नेता गौतम सहभागी भए पनि नेकपा एमालेका माधव कुमार नेपाल र झलनाथ खनाल समूहले भने ओली गुटले राखेको बैठकमा नजाने भन्दै बैठक बहिस्कार गरेका छन् ।

त्यस्तै बैठकमा गृहमन्त्री राम बहादुर थापा बादल पनि सहभागी भएका छन् । बादल औपचारिक रुपमा माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्र परित्याग गरेका थापा एमालेको केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

एमाले प्रवेश गरेका थापाले बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी पाएका छन् । शनिवारको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।