एमाले संसदीय दलको बैठकमा बामदेवलाई बोलाइयो

एमाले संसदीय दलको बैठकमा बामदेवलाई बोलाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पनि बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

गौतम नेकपा विभाजन भएपछि एकता अभियान चलाइरहेका छन् । गौतमले आफू यसबीचमा कुनै समूहमा नलागेको भन्दै बैठकमा आउनेबारे बिचार गर्ने जवाफ दिएको बताइएको छ ।

गौतम राष्ट्रियसभा सदस्य हुन् । सर्वोच्च अदालतको फैसलाले नेकपा भंग भएपछि राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता खाली रहेको छ ।