बन्द सत्र सुरु हुंदै, अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची प्रस्ताव गर्दै

बन्द सत्र सुरु हुंदै, अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची प्रस्ताव गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र सुरु हुंदैछ । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र भइरहेको हलमा जाने तयारी छन् ।

बन्दसत्रको हलमा अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् । एमालेको महाधिवेशनको बन्दसत्रको हलले सहमतिको सूची ल्याउने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

एमालेको महाधिवेशन आजै सक्ने तयारी छ । नयां नेतृत्वको चयनपछि सोमबार सपथ ग्रहण सौराहमै हुनेछ । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा विष्णु पौडेलको नाम प्रस्ताव गर्न लागेको स्रोतको दावी छ ।