एमाले केन्द्रीय कमिटी बैठकले गर्‍यो महत्वूर्ण पाँच निर्णय, साउन २५ मा विधान सम्मेलन

एमाले केन्द्रीय कमिटी बैठकले गर्‍यो महत्वूर्ण पाँच निर्णय, साउन २५ मा विधान सम्मेलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सक्ने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । पार्टी सदस्यता नवीकरणसम्बन्धी फारम एमालेले यसअघि नै कार्यकर्ताहरूलाई पठाइसकेको छ ।

यस्तै पार्टीको विधान महाधिवेशन आउँदो साउन २५ देखि २७ गतेसम्म काठमाण्डुमा गर्ने निर्णय पनि गरेको छ । विधान महाधिवशेनका लागि पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन लेख्ने जिम्मेवारी पाएका छन् ।

महासचिव ईश्वर पोखरेललाई सांगठिनक, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र नेता रामबहादुर थापालाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकले आउँदो भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।