एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्तावमाथी छलफल हुने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्तावमाथी छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुंदैछ । दुई दिन चल्ने बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन,संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथी छलफल हुनेछ ।बैठक तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बिहान ११ बजेका लागी बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामांगले जानकारी दिए ।

बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रस्ताव पारित गर्नेछ । एमालेले विधान महाधिवेशन यही असोज १५ देखी १७ सम्म ललितपुरको गोदावरीमा आयोजना गर्दैछ ।