एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यी विषयमा हुनेछ छलफल

एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यी विषयमा हुनेछ छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दै छ। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायतका एजेन्डामा छलफल हुनेछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने तयारी पनि छ। यस्तै गत वैशाखमा भएको स्थानीय चुनावबारे पनि समीक्षा गर्ने तयारी छ।

पार्टी सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने र मनोनीत चार जना केन्द्रीय सदस्यलाई सपथ गराउने कार्यक्रम पनि तय भएको छ। साथै केन्द्रीय कमिटीले आगामी चुनावका लागि उम्मेदवार छनौटका मापदण्ड पनि तय गर्ने तयारी गरेको छ।

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोहोर्‍याउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताएका थिए । केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्नेछ ।