एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा सुरु हुने बैठक बिहीबारसम्म चल्नेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन्। बैठक भोलिसम्म जारी रहने छ।