समाजवादीका केन्द्रीय सदस्य चापागाई एमालेमा फर्किए

समाजवादीका केन्द्रीय सदस्य चापागाई एमालेमा फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही-  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमालेमा फर्किएका छन् । समाजवादीको अर्थ विभागका उपप्रमुख समेत रहेका चापागांई आइतबार एमालेमा फर्किएका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले स्वागत गरेका छन् ।

उनि यसअघि रुपन्देहीको इन्चार्ज समेत थिए । चापागाईलाई हटाएर रुपेन्देहीमा राजु गुरुङलाई इन्चार्ज बनाइएपछि उनी असन्तुष्ट थिए । गुरुङ एमाले उपाध्यक्ष पौडेलसंग चुनाव लड्ने तयारीमा छन् ।

बुटवलमा स्थायी घर भएका चापागाई प्रेस चौतारीको केन्द्रीय अध्यक्ष एवंम् राससको कार्यकारी अधयक्ष समेत भएका थिए । एमाले विभाजनसंगै उनि समाजवादीतिर लागेका थिए ।