एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

एमालेको चियापानमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज चियापान कार्यक्रम आयोजना गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन्।

उनीसँगै पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपाका महासचिव नेत्रविक्रम चन्द, माओवादीका नेताहरू पम्फा भुसाल, अग्नि सापकोटा, रास्वपाका अध्यक्ष रवि लामिछाने, स्वर्णिम वाग्ले, नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलगायत सहभागी भएका छन्। उनीहरूलाई अध्यक्ष केपी ओलीलगायत नेताहरूले स्वागत गरेका थिए।

एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो।