एमालेबाट उपनिवार्चनका लागि तनहुँमा खनाल र चितवनमा न्यौपाने

एमालेबाट उपनिवार्चनका लागि तनहुँमा खनाल र चितवनमा न्यौपाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले १० वैशाखमा हुने उपनिवार्चनका लागि तनहुँ १ र चितनव २ का उम्मेदवार टुंगो लगाएको छ । एमालेले १० वैशाखमा हुने उपनिवार्चनका लागि तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितनव २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार टुंगो लगाएको हाे ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्‍बर १मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

उनले भने, ‘बारा–२ को उम्मेदवार भोलि सम्म टुङगो लाग्छ। त्यस क्षेत्रको राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ।’

तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन्। यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए।

खनाल यसअघि काठमाडौं क्षेत्र नम्बर ६बाट चुनाव लडेका थिए।