काठमाण्डु – डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट विद्रोह गरेर नेपाल समाजवादी पार्टीको संस्थापक उपाध्यक्ष बनेका पूर्वमन्त्रीसमेत रहेका चौधरी आज एमाले प्रवेश गरेका हुन् ।
चौधरीलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
२०५६ सालमा एमालेबाट कपिलवस्तु २ को सांसद निर्वाचित चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लडेका थिए ।
चौधरी १५ वर्षपछि पुनः एमालेमा फर्किएका हुन् । चौधरीसंगै दाङको बंगलाचुली गाउँपालिकाका पूर्व उपाध्यक्ष यमुना थापा मगर पनि माओवादी त्यागेर एमालेमा प्रवेश गरेकी छन् ।




प्रतिक्रिया