काठमाण्डु – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि राष्ट्रिय सभामा प्रश्न उठाएको छ । एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सभामुखले पदीय भूमिका अनुसारको कार्य नगरेको बताएका हुन् ।
अध्यादेशले पार्टीहरुलाई कमजोर बनाएको उल्लेख गर्दै उनले भने, ‘संविधानलाई ध्वस्त पार्न शेरबहादुर देउवा सरकार लागेको छ ।’ प्रतिनिधि सभामा सभामुखले गुरिल्ला अभ्यास गरेको दाहालले आरोप लगाए ।
‘प्रतिनिधि सभामा सत्तापक्ष, प्रतिपक्ष, मन्त्री कहाँ बस्ने मर्यादा हुन्छ। मन्त्रीका लागि छुट्याइएको कुर्चीमा अर्थमन्त्रीलाई देखिएन । एउटा कुनाबाट आएर विनियोजन विधेयक प्रस्तुत भयो ।’
परमादेशबाट भएको सरकार भएपनि एमालेले सरकार नै मानेको बताए । विनियोजन विधेयक मार्फत पूर्ववर्ति सरकारले सुरु गरेका १५ सय बढी सडक आयोजनाका रकम कटौती गरिएको उनले दाबी गरे ।
नेपालको इतिहासमा कहिले नसुनिएको बजेट होलिडे यही सरकारको समयमा सुनिएको उनले बताए ।




प्रतिक्रिया