केन्द्रीय सदस्यमा दुर्गा प्रसाई मनोनित भएपछि एमालेभित्र चर्को असन्तुष्टि

केन्द्रीय सदस्यमा दुर्गा प्रसाई मनोनित भएपछि एमालेभित्र चर्को असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– झापाको बीण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा जारी एमालेको केन्द्रीय समितिको बैठकमा प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन् । उनको प्रस्तावको विरोध भएपनि अन्तिममा प्रस्ताव पारित भएको छ ।

प्रसाई केन्द्रीय सदस्य बनाउने प्रस्तावको एमालेका नेताहरुले नै विरोध जनाएका छन् । उनी मनोनित हुने समाचार सार्वजनिक भएसंगै एमालेका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा समेत असन्तुष्टि पोखिरहेका छन् ।

एमालेको बैठकमा नेताहरु योगेश भट्टराई, गोकर्ण विष्ट, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेलगायतले आ–आफ्नो धारणा राखेका छन् । उनिहरुमध्ये अधिकांशले केन्द्रीय सदस्य बनाउँदा सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका हुन ।

प्रसाईलाई पुर्वमाओवादीको कोटाबाट केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको बताइएको छ । तर, उनलाई मनोनित गर्न भने अध्यक्ष ओलीले नै चाहेको एमालेका एक नेताले बताए ।

प्रसाईसहित केन्द्रीय समितिमा माओवादी पृष्ठभुमिका नेताहरु चुडादेव सिंह लामा, विषमलाल अधिकारी, शिव लामा, गोविन्द दुवाल, सहदेव वोगटी, वालासिंह काउछा, कृष्ण केसी र चन्द्रबहादुर विश्वकर्मा मनोनित भएका छन् । सुदुरपश्चिमबाट मनोनित गरिएको बोगटीको नाममा समेत चर्को असन्तुष्टि छ । सुदुरपश्चिमबाट कंचनपुरका अध्यक्ष विरबहादुर थापालाई मनोनित गर्नुपर्ने अधिकांश नेता कार्यकर्ताहरुको माग थियो ।

प्रसाईलाई एमालेले यसअघि महाधिवेशन प्रतिनिधि समेत मनोनित गरिएको थियो । उनि यसअघि माओवादी केन्द्रमा सक्रिय थिए । तर, एमालेको विधान सम्मेलनमा भने उनि एमालेमा सक्रिय भएका थिए । प्रसाईले झापामा कार्यक्रम गरेर एमाले प्रवेश भएको घोषणा गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले नै पार्टी प्रवेश गराएका थिए ।

प्रसाई यसअघि माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहालसंग निकट थिए । उनले प्रचण्डका छोरीहरुलाई घर बनाउन आफुले आर्थिक सहयोग गरेको सार्वजनिक रुपमा बताउंदै आएका छन् । दाहालले बिएण्डसीलाई सम्बन्धन दिन नसकेको आरोप लगाउने गरेका छन् । सम्बन्धन दिनको लागि तत्कालिन शिक्षामन्त्रीले नियुक्त गरेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको ओरोप समेत लगाएका थिए ।

गिरीले आफुलाई हुंदै नभएको आरोप लगाएर प्रसाईले मानहानी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी गरेको थियो । प्रसाई त्यतिबेला भारतको पश्चिम बंगाल गएर बसेका थिए । पछि युवा संघका नेतामार्फत उनले उक्त मुद्दा मिलाएका थिए ।

प्रसाई एमाले र माओवादी एकता भएर नेकपा गठन हुंदा उनको घरमा बैठक बस्ने गरेको थियो । माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीले प्रसाईको घरमा खाना आएको तस्बिर बाहिर आएपछि उनि चर्चामा आएका थिए ।