काठमाण्डु – नेकपा एमालेले १४ जनाको हस्ताक्षरलाई दल विभाजनमा मान्यता नदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
माधव नेपालले एमाले फुटाएर नयाँ दल दर्ता गराएपछि एमालेका नेता अग्नि खरेलसहितका टोलीले आयोग पुगेर पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाले गरेको हस्ताक्षरलाई दल विभाजनमा मान्यता नदिन आग्रह गरेको हो ।
एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको छ । एमाले निर्वाचन विभागका प्रमुख खरेलसहितको टोलीले दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण समेत लिएका छन् ।




प्रतिक्रिया