काठमाण्डु– प्र्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस फ्लोर क्रस मात्र नभई माओवादी केन्द्रमा बिलय हुन आतुर एमालेभित्र रहेका एमाले बिरोधीहरुको सार्वजनिक उदघोष भएको दावी गरेका छन् ।
उनले एमाले समाप्त पार्न एकता,बिधि पद्धतिको नाममा क्रियाशील तत्वको संज्ञा दिंदै उनिहरुले गरेको क्रियाकलापले के कस्तो षडयन्त्रमा संलग्न छन भन्ने बुझ्न र त्यसबाट भ्रममुक्त हुन यो घटना नै प्रयाप्त भएको बताएका छन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसदलाई प्रचण्डका ‘हली–गोठाला’कै संज्ञा दिएका छन्। एमाले केन्द्रिय सदस्य समेत रहेका थापाले पार्टीको निर्देशनविपरीत नेकपा एमालेका चार सांसदले नेकपा माओवादी केन्द्रका नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि थापाले आक्रोस व्यक्त गरेका हुन् । उनले यस तहको गद्दारी पार्टीलाई मान्य नहुने स्पष्ट पारेका छन् । उनले भनेका छन् ‘प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र देवी ओली– यी पाँचको अपराध अक्ष्यम्य छ।आर्थिक प्रलोभन वा राजनीतिक बिक्रीबट्टा यो कुन कोटीको गोटी बनेको दृष्टान्त हो ? यस तहको गद्दारी किमार्थ मान्य हुन सक्दैन। प्रचण्डका हली–गोठाला बनेर यो तहको घात गर्ने ?’
प्रधानमन्त्री ओली निकट नेता एवंम् पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालेअब माधवकुमार नेपालले ओली सरकारविरुद्ध नेकपा माओवादी केन्द्रसंग मिलेर अविश्वास प्रस्ताव राख्ने र थप कारबाहीको बाटो रोज्ने काम बाँकी रहेको टिप्पणी गरेका छन्।




प्रतिक्रिया