पोखरा – गण्डकी प्रदेश सरकारमा एमालेबाट नेतृत्व केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठले गरेकी छन् । एमाले जीसीको नेतृत्वमा ४ मन्त्रालयसहित गण्डकी सरकारमा सोमबार सहभागी भएको हो ।
पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै एमालेबाट पर्वतका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर अधिकारी मन्त्री बनेका छन् ।
अधिकारीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाठकले र बस्यालले उद्योग, पर्यटन मन्त्रालयको जिम्मेवारी संहालेका छन् ।
कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् ।
यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया