काठमाण्डु- नेकपा एमालेले महाधिवेशन प्रतिनिधि छनौटको मापदण्डमा बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार महाधिवेशनको लागी मापदण्ड परिवर्तन गरिएको अन्तर पार्टी निर्देशन–१४ जारी गरेका हुन ।
एमालेले यसअघि जारी गरेको अपानी १३ का सम्बन्धमा बुझाई र कार्यान्वयनमा एकरुपता नभएकाले अपानि १४ जारी गरिएको जनाएको छ ।
एमालेले यसअघि महाधिवेशन प्रतिनिधि छनोट गर्दा एक निर्वाचन क्षेत्रमा १५ सय पार्टी सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट गर्ने जनाएको थियो । तर अपानि १४ मा भने त्यो संख्या घटाएर १२ सय बराबर एक महिलासहित तीन जना छानिने उल्लेख छ ।
१२ सयभन्दा बढी सदस्य भएमा ८ सय बराबर १ जना प्रतिनिधि छनौट गर्न सकिने अपानिमा जनाइएको छ ।







प्रतिक्रिया