एमाले महाधिवेशनका लागि १२ वटा समिति गठन, यी हुन् संयोजक (सूचीसहित)

एमाले महाधिवेशनका लागि १२ वटा समिति गठन, यी हुन् संयोजक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ वटा समितिहरु गठन गरेको छ ।

संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा आज बसेको महाधिवेसन मूल व्यवस्थापन समितिको बैठकले विभिन्न १२ वटा समितिहरु गठन गरेको हाे । मूल समितिका सदस्य रघुजी पन्तले महाधिवेसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु गठन गरिएको जानकारी दिए ।

बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, स्वास्थ्य समिति, आर्थिक समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयम्सेवक परिचालन, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, आवास व्यवस्थापन समिति, जनपरिचालन समिति गठन गरेको हो । प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा विष्णु पौडेल रहेका छन् भने जनपरिचालन समितिमा सुरेन्द्र पाण्डे रहेका छन् ।

त्यस्तै प्रचारप्रसार विभागमा योगेश भट्टराई, स्वास्थ्यमा भानुभक्त ढकाल, आर्थिकमा विष्णु रिमाल, मञ्च व्यवस्थापनमा शेरबहादुर तामाङ, अतिथि सत्कार राजन भट्टराई, आवास व्यवस्थापन कृष्णभक्त पोखरेल, स्वयमसेवक परिचालन विनोद श्रेष्ठ, यातायात व्यवस्थापन संयोजकमा काशीनाथ अधिकारी, खाद्य व्यवस्थापन कपिल पोखरेल र पार्वती रावल, मुल व्यवस्थापन समितिमा बादल रहेका छन् ।

एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उक्त महाधिवेशनका लागि यसअघि बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको थियो ।