माधव नेपाललाई एमालेको प्रश्नः प्रचण्डको मतियार भएर पार्टी फुटाउन आएको ?

माधव नेपाललाई एमालेको प्रश्नः प्रचण्डको मतियार भएर पार्टी फुटाउन आएको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले नेता माधवकुमार नेपाललाई १० बुँदे स्पष्टिकरण सोधेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् ।

पत्रमा प्रधानमन्त्री अ‍ोलीविरुद्ध १० पृष्ठ लामो अराजनीतिक शत्रुतापूर्ण आरोप तयार गर्न पार्टीको नाम, झण्डा र लोगोमा अनाधिकृत प्रयोग गरी प्रचण्डको मतियार भई पार्टीहित विपरित काम गर्नुको कारण के हो ? भन्दै प्रश्न सोधिएको छ ।

पत्रको बुँदा नम्बर ९ मा भनिएको छ , ‘माधव नेपालहरुले सके एमाले कब्जा गरेर नसके विद्रोह गरेर माअ‍ोवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाईहरुप्रति तपाईको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेटघाट जारी रहनुको अर्थ के हो ? ’

पत्रमा नेता नेपालले पार्टीको विधानविपरित गुटबन्दी गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको पार्टी प्रतिको निष्ठा र विश्वास नरहेने गरी भ्रम गरेको पार्टी कमिटी बैठकको गोपनियता भंग गराएको, पार्टीको आन्दोलनमा विपक्षीसँग साँठगाँठ गरेको, पार्टीमाथि नै आँच आउने गरी पार्टीलाई विभाजनको दिशामा लान यस्ता विभिन्न अनुचित क्रियाकलापहरु के कति कारण निरन्तर गराएको भन्दै स्पष्टिकरण सोधिएको छ ।

‘अध्यक्ष अ‍ोलीलाई पार्टी अध्यक्ष र साधारण सदस्य समेतबाट के–कुन आधारमा सडकबाटै कथित निश्कासनको निर्णय गराउनु भएको हो ?’, पत्रमा भनिएको छ, ‘विपक्षी दलहरुसँग गठबन्धन गरी आफ्नो अध्यक्ष ओली नेतृत्वको सरकार गिराउन र अन्य राजनीतिक पार्टीका नेताहरलाई प्रधानमन्त्री बनाउन षड्यन्त्र गर्नुको कारण के हो ?