फेरि सुवेदीको इजलासमा परेपछि एमालेलाई जग्गा दान प्रकरण ‘हेर्न नमिल्ने’मा

फेरि सुवेदीको इजलासमा परेपछि एमालेलाई जग्गा दान प्रकरण ‘हेर्न नमिल्ने’मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फेरि न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा परेपछि भाटभटेनी सुपर मार्केटका मालिक मिनबहादुर गुरुङले एमालेलाई दिएको जग्गादानबारेको रिट हेर्न नमिल्नेमा परेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिट सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेपछि हेर्न नमिल्ने भन्दै सारिएको हो । न्यायाधीश डा. सुवेदीले यसअघि ८ कात्तिकमा पनि यो रिट आफ्नो इजलासमा परेपछि हेर्न नमिल्ने भन्दै सारेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एमालेलाई दान दिएको जग्गासम्बन्धी कार्य तत्काल अघि नबढाउन भनेको थियो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सार्वजनिक सरोकारको विषय भन्दै तत्काल दानसम्बन्धी कार्य यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो ।

गत असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए। भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो।