काठमाण्डु – नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले विशेष समय लिएर बोल्न थालेपछि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्नका लागि समय उपलब्ध गराएसँगै एमालेका सांसदहरु बैठक कक्षबाट बाहिरिएका हुन् ।
त्यसअघि एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न नमिल्ने बताएका थिए । एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसद बहिस्कार गर्दै आइरहेको छ ।




प्रतिक्रिया